• २०८३ असार १ गते सोमवार

रास्वपाको ‘बृहत राजनीतिक संवाद’ शुरु, बाबुराम र रेशम सहभागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १४ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बोलाएको राजनीतिक संवाद शुरु भएको छ । परिवर्तनका पक्षधर राजनीतिक दल, शक्ति र समूहहरू बीच ‘जेन्जी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास’ शीर्षकमा बृहत् राजनीतिक संवाद बालुवाटारस्थित नेपाल हाउसमा सुरू भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

यस कार्यक्रममा डा. स्वर्णिम वाग्लेज्यूबाट स्वागत मन्तव्य दिएर र यस बहसको उद्देश्य स्पष्ट पारेर कार्यक्रम सुरू भएको छ । साथै अहिले ननयाँ राजनीतिक अभ्यास र अबको आवश्यकता वारे पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो धारणा राखेका छन् ।

संवादमा डा. भट्टराई, रेशम चौधरीसहितका सहभागी रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस