• २०८३ असार १५ गते सोमवार

चितुवाको छालासहित दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १४ , ललितपुर । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित आगमन थकाली चुलो एण्ड क्याफेबाट चितुवाको छाला जस्तो देखिने आखेटोपहार १ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर चागुँनारायण नगरपालिका-५ बस्ने ४६ वर्षीया मथुरा विक र काठमाडौं शंखरापुर नगरपालिका-६ बस्ने ४० वर्षीया रामदेवी श्रेष्ठ रहेका छन् । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त आखेटोपहार सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस