• २०८३ जेष्ठ ७ गते बिहिवार

कोलकाता नाइट राइडर्सको मुख्य प्रशिक्षकमा नायर नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १४, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइजी कोलकाता नाइट राइडर्स (केकेआर) को मुख्य प्रशिक्षकमा अभिषेक नायर नियुक्त भएका छन् । कोलकोताले नायरलाई आफ्नो नयाँ प्रशिक्षक बनाएको जानकारी दिएको हो ।

चन्द्रकान्त पण्डितले तीन सिजनको कार्यकाल पछि आफ्नो पदबाट राजीनामा दिएपछि नायर प्रशिक्षक बनेका हुन् ।

अभिषेक नायर २०१८ देखि नै कोलकोता टिमसँग जोडिएका छन् र टोलीको थिंक ट्याङ्कको एक महत्त्वपूर्ण हिस्सा मानिन्छन् । टिम छनोट र खेलाडीको व्यवस्थापनसम्मका धेरै निर्णयहरूमा कोलकोतामा उनको प्रभावलाई महत्त्वपूर्ण मानिन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस