• २०८३ असार १९ गते शुक्रवार

प्रधानमन्त्री ओलीद्वारा एकीकृत समाजवादीको कार्यालय अवलोकन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय अवलोकन गर्नुभएको छ ।

गत शुक्रबार पूर्वराजावादीले तोडफोडबाट क्षतिग्रस्त भएको एकीकृत समाजवादीको कार्यालयमा पुगेर आज उहाँले कार्यालय अवलोकन तथा क्षतिबारे जानकारी लिनुभयो ।

सोही क्रममा प्रधानमन्त्री ओलीसँगै एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता झलनाथ खनाल, नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलगायत नेता हुनुहुन्थ्यो ।

Sharing

प्रतिक्रिया दिनुहोस