• २०८३ असोज २६ गते सोमवार

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गरौँः अशोक राई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १८, काठमाडौं । जनता समाजवादी पार्टीका सांसद अशोक राईले संविधानमा भएको कमजोरीलाई सुधार गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो दलका तर्फबाट धारणा राख्दै उहाँले जनताको आवाजलाई सम्बोधन गर्न सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

 

संसद्लाई थप प्रभावकारी बनाउन सत्तापक्ष र प्रतिपक्षकाबीचमा समझदारी जरुरी रहेको उल्लेख गर्दै उहाँले आजदेखि सुरु भएको सङ्घीय संसद्को अधिवेशनलाई रचनात्मक बनाउनुपर्ने बताउनुभयो ।

उहाँले पाथीभरा केबलकारका सन्दर्भमा भएको विवादमा स्थानीय प्रहरी प्रशासनले बल प्रयोग गरेकामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस