• २०८३ बैशाख ९ गते बुधवार

स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
पौष १५, काठमाडौं ।    पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा स्करपियोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्लाको गैँडाकोट नगरपालिका–१०, स्थित लांघाली चोकमा आज दिउँसो स्करपियोको ठक्करबाट सोही ठाउँ बस्ने ८२ वर्षीय भुवनसिंह मस्रांगी मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले बताउनुभयो ।
नम्बर नखुलेको स्करपियोले पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको सूचना अधिकारी गुरुङले बताउनुभयो । स्कारपियोको खोजी जारी रहेको उहाँले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस