• २०८३ असार १३ गते शनिवार

साउदी अरेबियाको यमनमा आक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १५, काठमाडौं ।   साउदी अरेबियाले यमनमाथि आक्रमण गरेको छ ।

साउदी अरेबियाले मुकाल्ला बन्दरगाहमा आक्रमण गरेको बताएको छ । साउदी अरेबियाले दक्षिणमा कब्जा गर्ने पृथकतावादीहरूका लागि युएईबाट ठूलो मात्रामा हतियार पठाइएको दाबी गरेको छ । साथै संयुक्त अरब इमिरेट्सलाई आगामी २४ घण्टा भित्र यमनबाट आफ्ना सबै सेना फिर्ता बोलाउन चेतावनी दिएको छ ।

युएईले अझै प्रतिक्रिया नदिए पनि, यमनको राष्ट्रपति परिषद्ले देशमा आपतकालीन अवस्था घोषणा गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस