• २०८३ बैशाख १७ गते बिहिवार

बुलेट पल्टिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, ग्यास लिक भइरहेकाले दुर्घटनाको जोखिम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १५, रौतहट । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुलनजिक एलपी ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको छ । भारतको रक्सौलबाट ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ एटी २११४ नम्बरको ट्यांकर आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा ट्यांकर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका छन् । घाइते चालकको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापामगरले जानकारी दिए । हाल पूर्वबाट आएका सवारीसाधन चन्द्रनिगाहपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि र पश्चिमतर्फबाट आएका सावारीसाधन धन्सार पुलनजिक रोकिएको ट्राफिक प्रहरी प्रमुख थापामगरले बताए ।
ट्यांकर बीच सडकमा दुर्घटना हुँदा सडक अवरुद्ध भएको छभने ग्यास लिक भइरहेकाले दुर्घटनाको जोखिम बढिरहेको छ ।
उक्त ग्यास ट्यांकर उठाउन जनकपुरबाट ग्यास कम्पनीका प्राविधिकसहितको टोली आउँदै गरेको पनि उनले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस