• २०८३ बैशाख २७ गते आइतवार

दुर्गममा सुविधा सम्पन्न आँखा उपचार केन्द्रको आफ्नै भवन

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

मंसिर १४, मुगु । दुर्गम हिमाली जिल्ला मुगुमा आफ्नै सुविधा सम्पन्न जिल्ला आँखा उपचार केन्द्रको भवन निर्माण भएको छ । नेपाल नेत्र ज्योति संघ अन्तर्गत सञ्चालित जिल्ला आँखा उपचार केन्द्र नवनिर्मित आधुनिक दुई तले संरचना रहेको भवन एक विशेष समारोहबीच नेपाल नेत्र ज्योति संघका केन्द्रिय महासचिव भरत बहादुर चन्दले नव निर्मित भवनको उद्घघाटन गर्नु भएको हो ।

बिगतका वर्षहरुमा सामान्य आँखा उपचार गर्दा रिफर गर्नु पर्ने बाध्यता लाई मध्येनजर गर्दे मुगाली नागरिक लाई थप प्रभावकारी सुविधा प्रवाह गर्न अब आँखा उपचार केन्द्र पछि नहट्ने नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र मुगुले जनाएको छ । आईकेयर फाउण्डेसन र छायानाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला आँखा उपचार केन्द्रको सुविधा सम्पन्न नया भवन निर्माण गरिएको छ ।

२०६५ सालमा स्थापना भएको आँखा उपचार केन्द्र मुगु एउटा सानो छाप्रो बाट आफ्नो सेवा प्रवाह गरेको उपचार केन्द्रले विभिन्न बाधा , चुनौति , समस्या लाई छिचोल्दै अहिले सुविधा सम्पन्न भवन बाट सेवा प्रवाह गर्ने भएको छ । १७ वर्षपछि आधुनिक भवनका साथमा सेवा कक्ष, शल्यकक्ष, परामर्श कक्ष, प्रतीक्षा कक्ष तथा अत्याधुनिक उपकरणहरूको व्यवस्था गरिएको छ । करिब १ करोड ८ लाख ९८ हजार ७ सय २१ रुपैयाँ लागतमा बनेको भवन सञ्चालनमा आएपछि जिल्लावासीले गुणस्तरीय आँखा उपचार सेवा सहज रूपमा पाउने भएका छन् ।

भवन निर्माणका लागि आई केयर फाउन्डेसनले ८८ लाख ९८ हजार ७ सय २१ रुपैयाँ र छायानाथ रारा नगरपालिकाले २० लाख रुपैयाँ सहयोग गरेका थिए । निर्माण कार्य आशीर्वाद निर्माण सेवाले सम्पन्न गरेको हो । उपचार केन्द्रका अनुसार अब मोतीविन्दु शल्यक्रिया, दृष्टि परीक्षण, बाल आँखा उपचार, आँखा संक्रमण उपचार लगायतका सेवा अझ व्यवस्थित ढंगले सञ्चालन गरिनेछ । जिल्ला आखा उपचार केन्द्रमा हरेक बर्षको दुई पटक नेपाल नेत्र ज्योति संघ लगाय अन्य सहयोगि सस्थाहरुको समन्वयमा निशुल्क आखा शिबिर गर्ने गरेका र मोतियाविन्दु लगायतको शल्यक्रिया सेवा पनि दिने गरेको जिल्ला आखा उपचार केन्द्रका प्रमुख ध्रुव बुढथापाले बताए ।

२०६५ सालमा एउटा सामान्य छाप्रोबाट सुरु भएको सेवा आज आधुनिक संरचनामा रूपान्तरण हुनु मुगुवासीको भरोसा र हाम्रो प्रतिबद्धताको परिणाम हो, बिगतका वर्षहरुमा मुगुका नागरिकहरुले एउटा सामान्य आँखा चेकजाँच गर्न हजारौँ रुपैया खर्च गर्नु पर्ने बाध्यता थियो , अब त्यो बाध्यता समाधान भएको नेपाल नेत्र ज्योति संघ कर्णाली प्रदेशका सभापति तथा केन्द्रीय उपाध्यक्ष तिलक बहादुर मल्लले बताए । अब थप नया स्वरुपमा अगाडी बढ्ने बताए ।

उद्धघाटन कार्यक्रममा बोल्दै महासचिव भरत बहादुर चन्दका अनुसार विगतका वर्षहरुमा दुर्गम हिमाली जिल्ला मुगुका नागरिकहरुले भोगेको सास्ती लाई स्मरण गर्दे आगामि दिनहरुमा अब मुगालीले त्यो सास्ती खेप्न नपाउने विश्वास ब्यक्तm गर्नु भयो । भवन निर्माण गर्न पहल पर्ने नेपाल नेत्र ज्योति संघका केन्द्रिय उपाध्यक्ष तिलक बहादुर मल्ल , लोकजंग मल्ल लाई धन्यवाद ज्ञापन गर्नु भयो । कर्णालीका दुर्गम बस्तीमा मोबाइल एप्समार्फत आँखाको प्रारम्भिक परीक्षण सेवा उपलब्ध गराइने बताए ।

अहिले सम्म लाखौ नागरिकको आँखा सम्बन्धि सेवा प्रदान गरिएको पनि अवगत गराए । कर्णाली प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री जित बहादुर मल्लका अनुसार कर्णालीका नागरिकले उपचारका आधारभूत सेवामा सहज पहुँच पाउनु राज्यको प्रमुख जिम्मेवारी हो, यस भवनले मुगुवासीलाई आँखा सम्बन्धी उपचार घर–आँगनमै उपलब्ध गराउँदै ठूलो राहत दिने अपेक्षा राखे । स्थानीयवासीहरूले आँखा उपचारका लागि अन्य जिल्लातिर धाउनुपर्ने बाध्यता अन्त्य भएको भन्दै नयाँ भवन सञ्चालनमा आएको खुशी व्यक्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस