मंसिर १४, काठमाडौं । नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से २६.५१ अंकले घटेर २६४९. ५२ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४२ कम्पनिका एक करोड ५७ लाख ३६ हजार ३७२ कित्ता शेयर ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार ४३३ मा कारोबार भएको थियो । आज उत्पादन र म्युचुअल फन्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज सागर डिस्टिलरीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने निफ्रा ग्रीन इनर्जी डिभेन्चर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी एनआईएमबी डिभेन्चरको शेयर ८.९९ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी हिमालयन रिइन्सुरेन्सको २३ करोड ५ लाखको कारोबार भएको छ भने जोशी हाइड्रोको २१ करोड ८१ लाख बराबर कारोबार भएको छ ।