• २०८३ जेष्ठ ३ गते आइतवार

एमाले प्रतिनिधि निर्वाचन : मोरङ ६ मा ओलीपक्षीय सबै उम्मेदवार पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, काठमाडौं ।  मोरङ क्षेत्र नम्बर ६ नेकपा एमालेका अध्यक्ष केपी ओली समूहका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरू पराजित भएका छन्। यो निर्वाचन क्षेत्रबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहका नेताहरू विजयी भएका छन् । अध्यक्ष ओली इतर नेता विनोद ढकालले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहको प्रतिनिधित्व गरेका थिए।

यहाँ ढकाल समूहका सबै नेताहरू विजय भएका हुन् । आइतबार सम्पन्न भएको मतगणनामा सम्पूर्ण क्लस्टरमा ढकाल पक्षी नेताहरू विजय भए। यहाँबाट बीना ढकाल, पीताम्बर श्रेष्ठ, रमेशकुमार पोख्रेल, सत्यनारायण चौधरी र युवा कोटामा सन्तोष घिमिरे विजयी भए। महिला प्रतिनिधितर्फ सरस्वती खरेल विजय भएकी छन् ।

अध्यक्ष केपी ओलीका कट्टर आलोचक रहेका ढकालले आफ्नो सबै टिमलाई विजय गराएका हुन् । मोरङ जिल्ला कमिटीमा ढकाल पक्षको बर्चस्व छ ।

Sharing

प्रतिक्रिया दिनुहोस