• २०८३ मङ्सिर ५ गते शुक्रवार

धरानमा खेलकुद महोत्सव हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, इनरुवा ।  सुनसरीको धरान उपमहानगरपालिकामा खेलकुद महोत्सव आयोजना हुने भएको छ ।

धरान खेलकुद मञ्चको आयोजनामा यही मङ्सिर २५ देखि पुस १० गतेसम्म खेलकुद महोत्सव हुने भएको अयोजक संस्थाका अध्यक्ष किशोर राईले जानकारी दिनुभयो । महोत्सवमा फुटबल, गल्फ, सुटिङ, बास्केटवल, हक्की, डोरी तान, आर्चरीलगायत खेलको प्रवद्र्धन गरिनेछ ।

धरानलाई खेलकुदको सहरका रुपमा विकास गर्ने उद्देश्यले खेलकुद महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवका अवसरमा विभिन्न खेलाडीलाई विशेष सम्मान गरिनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस