मंसिर १४, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग आज महाधिवेशनको मिति र अन्य विषयमा छलफल गर्ने भएका छन् । उपसभापति पूर्णबहादुर खड्काले पहल गरे पनि सहमति नपाएपछि देउवाले आफैँ बैठक आह्वान गरेका हुन् ।

देउवाले दिउँसो १ बजे महाराजगन्जस्थित निवासमा बैठक बोलाएका छन् । बैठकमा नेता डा.शेखर कोइराला र निवर्तमान गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनेछन् ।
देउवाको प्रत्यक्ष पहलपछि महाधिवेशनको मितिबारे टुंगो लाग्ने अपेक्षा गरिएको छ । यसअघि सहमति नबन्दा कांग्रेसका बैठकहरू पटक पटक स्थगित हुँदै आएका थिए ।