• २०८३ बैशाख ४ गते शुक्रवार

१० खेलाडीमा सीमित मोनाकोसँग पीएसजी पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, काठमाडौं । शनिबार राति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ। फ्रान्सेली लिग-१ अन्तर्गत गएराति भएको खेलमा पीएसजी एस मोनाकोसँग १-० ले पराजित भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मोनाकोका लागि टाकुमी मिनामिनीले दोस्रो हाफको ६८ औं मिनेटमा निर्णायक गोल गरेका हुन्।

खेलको ८० औं मिनेटमा मोनाकोका थिलौ केहरले रातो कार्ड पाएपछि टिम १० खेलाडीमा सीमित भएको थियो। खेलको १० मिनेट अगाडि विपक्षी १० खेलाडीमा सीमित भए पनि पीएसजी खेलमा फर्किन सकेन।

Sharing

प्रतिक्रिया दिनुहोस