• २०८३ जेष्ठ ३१ गते आइतवार

आइसीसी विश्वकप : नेपाल यूएईसँग ५ विकेटले पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १३, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत आज भएको खेलमा नेपाल यूएईसँग पराजित भएको छ । बिहीबार दुबईस्थित आईसीसी एकेडेमीमा ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल यूएईसँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २३४ रनको लक्ष्य पच्छाएको यूएईले ४३ ओभर ३ बलमा ५ विकेटको क्षतिमा आफ्नो लक्ष्य पूरा ग¥यो । यूएईका लागि ओपनर आर्यन्श शर्माले सर्वाधिक ९८ रन बनाए भने अलिशान सराफुले ४५ तथा मुहम्मद वासीमले २६ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३४ रन दिएर २ विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको शतकमा ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएको थियो । आजको खेलमा रोहितले १३० बलमा १०९ रन बनाए भने आसिफ शेखले ३५, आरिफ शेखले २७ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए । यो शृंखलामा नेपालको लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा अमेरिकासँग १०६ रनले हार व्यहोर्न परेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस