• २०८३ बैशाख १३ गते आइतवार

इएफएल कपको क्वाटरफाइनलको समीकरण पुरा, लिभरपुल र टोटनह्याम बाहिरिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १३, काठमार्डां । लिभरपुल र टोटनह्याम यस बर्षको इङलिश फुटबल लिग (इएफएल) कपबाट बाहिरिएका छन् । गएराती सम्पन्न खेलमा टोटनह्याम न्यूक्यासलसँग २-० गोलले पराजित हुदै लिग कपबाट बाहिरिएको छ । त्यस्तै लिभरपुल क्रिस्टल प्यालेससँग ३-० ले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।

गएरातीका खेलपछि यस सिजनको लिग कपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । अब क्वाटरफाइनलमा आर्सनल र क्रिस्टल प्यालेस, कार्डिफ सिटी र चेल्सी, म्यानचेस्टर सिटी र ब्रेन्टफोर्ड र न्यूक्यासल र फुलह्याम खेल्ने भएका छन् ।

क्वाटरफाइनलका खेलहरु डिसेम्बर १६ र १७ मा हुने भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस