• २०८३ जेष्ठ १७ गते आइतवार

जबरजस्ती करणी गरेको अभियोगमा गुल्मीबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १४, गुल्मी । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रकोट गाउँपालिका-४ शान्तीपुर बस्ने बाग्लुङ वरेङ गाउँपालिका-३ घर भएका २५ वर्षीय राजु सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

राजुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस