• २०८३ जेष्ठ ७ गते बिहिवार

कतारमा गरेको आक्रमणप्रति इजरायलले माग्यो माफी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १४, काठमाडौं । इजरायलले कतारमाथि भएको आक्रमणको लागि माफी मागेको छ । कतारको विदेश मन्त्रालयले यो घोषणा गर्दै एक विज्ञप्ति जारी गरेको छ । विदेश मन्त्रालयका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले फोन वार्ता गरेका छन् ।

विदेश मन्त्रालयको विज्ञप्तिमा फोन वार्ताको क्रममा इजरायलले कतारमाथि भएको आक्रमणको लागि माफी मागेको दाबी गरिएको छ । कतारी प्रधानमन्त्रीले डोनाल्ड ट्रम्पलाई ‘शान्ति स्थापना गर्ने प्रयास’ गरेकोमा धन्यवाद दिएका छन् । विज्ञप्तिमा भनिएको छ, इजरायली प्रधानमन्त्रीले भविष्यमा कुनै पनि कतारी क्षेत्रलाई लक्षित नगर्ने वाचा गरेको उल्लेख गरिएको छ । यस महिनाको सुरुमा, इजरायलले दोहाको एक घरमा हमास नेताहरूलाई लक्षित गरेर आक्रमण गरेको थियो ।

प्यालेस्टिनी संगठन हमासले यस आक्रमणमा आफ्ना पाँच सदस्य र एक कतारी सुरक्षा अधिकारी मारिएको बताएको छ । त्यसपछि इजरायल र कतारको सम्बन्ध बिग्रिएको थियो । कतारले हमाससँगको वार्ता र बन्धक छुटाउन मध्यस्तकर्ताको महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस