• २०८३ बैशाख ८ गते मङ्गलवार

बालेनको प्रधानमन्त्री ओलीलाई आग्रह- लिपुलेक हाम्रो हो भन्ने चीनलाई सम्झाउन नबिर्सिनु होला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १४, काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको शुभकामना दिदै लिपुलेक बारे चीनलाई सम्झाउन नबिर्सिन आग्रह गरेका छन् ।

बालेनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको उल्लेख गर्दै लिपुलेक हाम्रै भएको चीनलाई सम्झाउन नबिर्सन आग्रह गरेका हुन् ।

बालेनले भनेका छन्: चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु ।

नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।

अल द बेस्ट हामीलाई तपाईं माथी पुर्ण बिश्वास छ ।

Sharing

प्रतिक्रिया दिनुहोस