• २०८३ बैशाख १५ गते मङ्गलवार

तमोर नदीमा बगेर एकजना बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १६, ताप्लेजुङ।  ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ का एक युवा तमोर नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मिक्वाखोला–३ निवासी २५ वर्षीय लाक्पा शेर्पा आज दिउँसो साढे १२ बजे फुङ्लिङ नगरपालिका–१ स्थित तमोर नदीमा नुहाउने क्रममा बगाएर बेपत्ता भएका हुन् । बेपत्ता शेर्पा सेवालुङ क्रसरमा ट्याक्टर चालकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । घटनापछि खोजतलासका लागि दोभान प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक ओमनारायण श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस