• २०८३ जेष्ठ ९ गते शनिवार

करिब १२५० किलो गाँजासहित उदयपुर र सिन्धुलीबाट ३ पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १६, उदयपुर। चौदण्डीगढी नगरपालिका(१ रानीटारबाट अवैध लागूऔषध गाँजा करिब १ हजार १ सय ४३ किलो २ सय ७५ ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने रत्न माया श्रेष्ठ र ४२ वर्षीया कमला श्रेष्ठ रहेका छन् । रत्न मायाको घरमा लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा ३५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

उता, सिन्धुली हरिहरपुरगढी गाउँपालिका–२ झनझनेबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७ किलो १ सय १० ग्राम सहित रौतहट गरूडा नगरपालिका–४ बस्ने १९ वर्षीय गोपाल साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी झनझनेबाट खटिएको प्रहरीले कुलेखानीबाट सिन्धुलीतर्फ आउँदै गरेको प्र २–०३–००१ च ५६७१ नम्बरको बोलेरो पिकअपलाई तलासी गर्दा सिमेन्टको बोराले छोपी लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी पिकअप चालक साहलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस