• २०८३ असार १६ गते मङ्गलवार

रवि लामिछाने र कुलमान घिसिङबीच सहमति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १४, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका कुलमान घिसिङबीच एक हुने सहमति भएको छ ।

सोमबार साँझ यसअघि रवि बालेनले सहमति गरेको कमलपोखरीस्थित असिम शाहको कार्यालयमा भएको वार्तामा सहमति भएको हो । योसँगै आगामी निर्वाचनमा बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङ एक ठाउमा भएका छन् । सहमति बारे जानकारी दिदै सुदन गुरुङले भनेका छन्- ‘हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाएरै छोडिम र इतिहासले सम्झनेछ। रबी बालेन र कुलमान चुनावमा सँगै लड्नेछन् ।’

केहिबेरमा सहमतिमा हस्ताक्षर गर्न लागिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस