• २०८३ बैशाख १० गते बिहिवार

दोस्रो जितले ‘प्लेअफ’ पुग्न मद्दत गर्नेछः लुम्बिनीका मेन्टर खकुरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
मंसिर १३, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले तीन विकेटले पोखरा एभेन्जर्सलाई पराजित ग¥यो ।  दोस्रो जित निकालेको लुम्बिनीको चार अङ्क पुगेको छ । यो जितले लुम्बिनीको ‘प्लेअफ’को सम्भावना जीवितै छ ।
जितपछि लुम्बिनीका मेन्टर शुभाष खकुरेलले सञ्चारकर्मीसँगको कुराकानीमा थपिएको दुई अङ्कले ‘प्लेअफ’ पुग्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आजको जितले प्लेअफमा पुग्न मद्दत गर्नेछ ।  बाँकी रहेका दुई खेल जितेर आगामी यात्रा तय गर्नेछौँ । सुरुका खेलमा केही कमजोरी भए पनि अब ती सबै कमजोरीबाट सिकेर जित निकाल्नुपर्नेछ ।”
उहाँले खेल मैदानको पिचले ब्याटरलाई मद्दत नगरेको बताउँदै त्यसमा सुधार गर्नुपर्ने धारणासमेत व्यक्त गर्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस