• २०८३ जेष्ठ ८ गते शुक्रवार

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १२ , बर्दिया । बारबर्दिया नगरपालिका-३ बेल्बज्जास्थित बाख्राको खोरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय कालुराम थारू समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ४ सय ८० रूपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस