भदौ १३, बुटवल । गुल्मी रुद्रवेणी-वामी सडक खण्ड अवरुद्ध भएको छ ।

शुक्रबार बिहान गुल्मी सत्यवती गाउँपालिका-६ उल्लिखोलास्थित रहेको डहरेखोलाको पानीको बहाव बढी रुद्रवेणी-वामी सडक खण्ड पूर्ण रुपमा अवरोध भएको छ । प्रहरीले पानीको बहाव कम नभएसम्म बाटो नखुल्ने बताएको छ ।