भदौ १३, दाङ । रोल्पाको पाछास्थित घोराही थबाङ सहिद मार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ ।

शुक्रबार बिहान रोल्पाको माडी गाउँपालिका वडा नम्बर २ पाछास्थित घोराही थबाङ सहिद मार्गमा बाटो माथिबाट लेदोसहितको पहिरो आएपछि सडक खण्ड पूर्ण रुपमा अवरोध भएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।