• २०८३ बैशाख २६ गते शनिवार

कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १३, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । सो अभियोगमा ललितपुर गोदावरी नगरपालिका–२८ बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका–१ घर भएका ३४ वर्षीय बुद्धीबहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

तामाङले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर गोदावरी नगरपालिका–१० बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस