चैत १५, काठमाडौं । हङकङमा आयोजना हुने चार देश सम्मिलित टि ट्वान्टी आई सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार सिरिजको खेलतालिका सार्वजनिक गरेको हो ।

खेलतालिका अनुसार सिरिज ९ अप्रिल(चैत २७) बाट सुरु भएर १३ अप्रिल(चैत ३१) मा समाप्त हुनेछ । सिरिजको पहिलो खेलमा नेपालले कतारको सामना गर्नेछ । सिरिजमा नेपाल र कतार सहित घरेलु टोली हङकङ तथा कुवेतको सहभागीता रहनेछ । क्यानले शनिवार नै रोहित पौडेलको कप्तानीमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।
क्यानका अनुसार सन्दीप लामिछाने शल्यक्रियाबाट रिकभर गर्दै गरेकाले र अनिल साहले चोटका कारण सिरिज गुमाउने छन् । टोलीको बन्द प्रशिक्षण आगामी बुधवारबाट रुपन्देहीको सिद्धार्थ क्रिकेट मैदानमा हुनेछ ।
नेपालको खेल तालिका यसप्रकार छ :
कतारविरुद्ध अप्रिल ९(चैत २७) मा
कुवेतविरुद्ध अप्रिल १०(चैत २८) मा
हङकङविरुद्ध अप्रिल १२(चैत ३०) मा
फाइनल र तेस्रो स्थानका लागि खेल अप्रिल १३(चैत ३१) मा
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरु
रोहित पौडेल(कप्तान), आसिफ शेख, किरण ठगुन्ना, लोकेश बम, बासिर अहमद, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह, ललित नारायण राजवंशी, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, नन्दन यादव, रिजन ढकाल, गुल्शन झा, अर्जुन घर्ती, कुशल मल्ल, दीपेन्द्र रावत, कुशल भुर्तेल, शहाब आलम र विवेक यादव