• २०८३ जेष्ठ २८ गते बिहिवार

दिल्लीलाई नेपाली युवा टोलीको सामान्य लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र १६, काठमाडौं । नेपाली यु-१९ टोलीले दिल्लीको टोलीलाई तेस्रो अभ्यास खेलमा रनको सामान्य लक्ष्य दिएको छ । पर्सामा जारी खेलमा नेपाली युवा टोलीले दिल्ली यु-१९ टोलीलाई १ सय २३ रनको सामान्य लक्ष्य दिएको हो ।

पर्सास्थित टिबी साह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपाली टोलीले ३९.४ ओभरमा अल आउट हुँदै १ सय २२ रन मात्र बनायो । नेपाली युवा टोलीका लागि रोशन विश्वकर्माले १२ बलमा २ चौका र १ छक्काको सहयोगमा १८ रनमा आउट भए । युवराज खत्री ४३ बलमा २ चौकाको सहयोगमा १८ रनमा आउट भए । साहिल पटेल र दिल्शाद अलिले समान १७, सोहेल कुवँर ५० बलमा १५ र सन्तोष यादव १० रनमा आउट भए । नेपाली युवा टोलीलाई कम रनमा रोक्न कृत कौशिकले १० ओभरमा २८ रन खर्चिएर ५ विकेट लिए । रौनक वाघिलाले ३ तथा शुभम दुबे र अमन चौधरीले समान १ विकेट लिए ।

अघिल्लो २ खेल जितेको नेपाली युवा टोलीले ३ खेलको अभ्यास सिरिज २-० ले जितिसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस