• २०८३ जेष्ठ ७ गते बिहिवार

रामप्रसाद आचार्यकाे कविता ”पद”

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

ए पद तं कस्तो पद
क्षण भइगुर जीवनमा
तेरै लागि मैले जीवन उत्सर्ग गर्नु पर्ने,
निस्टुरीको पनि सिमा हुन्छ नि !

कति टॉसिन्छस् हं !
न भोज्यमा स्वादन न दृष्यमा
न उपभोगमा स्वादन न कर्ममा
ए पद तँ कस्तो पद

अह‌ङ्कारको काम्लो तैले नै ओड्नु पर्ने
सामाजिक गुन्यु फुस्केर चार हात पर पुगीसक्दा पनि
मृग मरिचिमा रमिरहनु पर्ने
ए पद तँ कस्तो पद

मेरो मनको कुनाबाट कहिले हुन्छ सरुवा ?
तेरो अरुले पनि भोग गर्न पाउनु पर्छ,
यो तनको शुन्यको मूल्य शुन्य नै हुन्छ, बुझिस्
किन अत्याग्य भाव राख्नु पर्ने मैले
ए पद तँ कस्तो पद

Sharing

प्रतिक्रिया दिनुहोस