• २०८३ बैशाख ५ गते शनिवार

  रोनाल्डो र फेलिक्सको गोलमा अल नासर विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १३, काठमाडौं ।  साउदी प्रो लिग अन्तर्गत अल नासरले अर्को जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल अखडोउडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए । रोनाल्डोको यस सिजनमा साउदी लिगमा योसहित १२ गोल गरेका छन् । आल नासरका लागि तेस्रो गोल जोआओ फेलिक्सले गरेका थिए ।

यो जितपछि अल नासर यस सिजनमा अपराजित रहदै १०औं जित हासिल गरेको छ । यो जितपछि अल नासरको १० खेलमा ३० अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै यो हारपछि अल अखडोउडको १० खेलमा ५ अंक मात्र रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस