• २०८३ बैशाख २८ गते सोमवार

  पूर्वएआईजी विश्वराज पोखरेल आज रास्वपा प्रवेश गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२, काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेल आज (शुक्रबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् । वनस्थलीस्थित पार्टी कार्यालयमा हुने कार्यक्रममा उनी रास्वपामा प्रवेश गर्न लागेका हुन् ।

रास्वपाले उनलाई अनुशासन आयोगमा जिम्मेवारी दिने भएको छ ।

पूर्वएआईजी पोखरेललाई भावी आईजीपीको रूपमा समेत हेरिएको थियो । तर तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले एआईजीमा उनीभन्दा १६ महिना जुनियर धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि उनी एआईजीबाटै अवकाशमा गएका थिए ।

बिचौलिया समूहले आईजीपी बन्ने भए ७ करोड रुपैयाँको प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको अभिव्यक्ति उनले केही समयअघि दिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस