• २०८३ जेष्ठ १ गते शुक्रवार

एमालेको सचिवालय बैठक बोलाइयो, महाधिवेशन केन्द्रित एजेण्डामा छलफल हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ११ , काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।महाधिवेशनको तयारीका लागि एमालेको सचिवालय बैठक कार्तिक १५ गते बस्ने गरि बोलाइएको हो ।

पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकले महाधिवेशनको तयारी बारे छलफल गर्ने र निर्णयहरु लिने तयारी छ । एमालेको ११औं महाधिवेशन पोखरामा मंसिर २७-२९ मा गर्ने निर्णय यस अघि बसेको केन्द्रिय कमिटी बैठकले गरिसकेको छ ।

बैठकले महाधिवेशन प्रतिनिधि छनौट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय जस्ता एजेण्डामा छलफल र निर्णय गर्ने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस