• २०८३ बैशाख ३ गते बिहिवार

आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १२, काठमाडौं । भक्तपुर जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय सुनाएको छ ।


सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिका लगायतले अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको आरोप थियो ।

कैदसँगै ५ सय रुपैयाँ जरिवाना, दामासाहीले ८ हजार ३ सय रुपैयाँ पीडितलाई क्षतिपूर्ति र पीडित राहत कोषमा जनही २०० रुपैयाँ भराउने आदेश भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस