• २०८३ बैशाख २० गते आइतवार

प्रेस चौतारी नेपालको महाधिवेशनको मिति सर्‍यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, काठमाडौ । प्रेस चौतारी नेपालले १०औँ महाधिवेशनको मिति सरेको छ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा सम्पन्न सचिवालय बैठकले महाधिवेशन आगामी चैत १० देखि १२ गते कोशी प्रदेशको राजधानी विराटनगरमा गर्ने निर्णय गरेको चौतारीका महासचिव हिरामान लामाले जानकारी दिनुभयो ।

यसअघि फागुन २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो । उहाँका अनुसार पूर्वनिर्धारित समयमा प्रदेश र जिल्ला अधिवेशन सम्पन्न हुन नसकेको कारण महाधिवेशनको मिति सार्नु परेको हो ।

उहाँले प्रेस चौतारी नेपालको १०औँ महाधिवेशनलाई श्रमजीवी पत्रकारहरुको उत्सवका रुपमा सम्पन्न गर्ने बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस