• २०८३ जेष्ठ १ गते शुक्रवार

जुम्लाको पातारासीमा करेन्ट लागेर युवकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १०, मुगु । जुम्ला जिल्लाको पातारासी गाउँपालिका वडा नम्बर ५ लासी बजारमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–१ आचार्यवाडा घर भई हाल लासी बजारमा होटल सञ्चालन गर्दै आएका ३१ वर्षीय अर्जुन महतराको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी रबिन बाबू रेग्मीले बताए ।

रेग्मिका अनुसार आइतबार राति करिब १० बजेर ३० मिनेटको समयमा आफ्नै घरमा सीसीटीभी क्यामेरा जडान गर्ने क्रममा महतरालाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको थियो ।

प्रतिष्ठानका चिकित्सकले उपचारको क्रममा महतरालाई मृत घोषणा गरेका हुन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस