• २०८३ बैशाख ८ गते मङ्गलवार

काठमाडौँबाट जुवातास खेलिरहेका ९ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, काठमाडौं । काठमाडौं महानगरपालिका-१५ अन्नपुर्ण चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१८ बस्ने ४५ वर्षीय राजु नापित समेत ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार १४५ रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस