• २०८३ बैशाख १० गते बिहिवार

सुनको मुल्य बढ्यो, चाँदीको घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ९९ हजारमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ९८ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर २३४५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २३६० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस