• २०८३ जेष्ठ २७ गते बुधवार

प्रभु बैंकका सिइओ अशोक शेरचन रिहा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ११, काठमाडौं ।  प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन हाजिर जमानतमा रिहा भएका छन् ।

सरकारी वकिलको कार्यालय, काठमाडौंले इजलासले मागेअनुसारको प्रमाण तत्काल प्राप्त नभएको र स्वास्थ्यलाई समेत कारण देखिएकोले धरौटीमा छाड्ने निर्णय गरेको हो ।

अघिल्लो पटक म्याद थप गर्न लैजाँदा विशेष अदालतको इजलासले गरेको आदेश अनुसार थप प्रमाणहरू तत्काल प्राप्त नभएपछि शेरचनलाई छोडिएको बुझिएको छ ।

शेरचनसहित बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैंकको प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई प्रहरीले मंसिर १४ गते केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस