• २०८३ जेष्ठ १६ गते शनिवार

मन्त्रालय र मातहतका सबै निकायका बैठकको प्रत्यक्ष प्रसारण गर्ने मन्त्री गुप्ताको पहिलो निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ९, काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालय र मातहतका सबै निकायका बैठकहरूको प्रत्यक्ष प्रसारण गर्ने पहिलो निर्णय गरेका छन् ।

मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुप्ताले पहिलो निर्णयका रूपमा युवा तथा खेलकुद मन्त्रालय र यस मातहतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेका हुन् । उनले आगामी दिनमा थप छलफल गरेर यसको कार्ययोजना बनाउने बताए ।

प्रधानमन्त्री सुशिला कार्कीले आइतबार गुप्ता र डा. सुधा गौतमलाई मन्त्री नियुक्त गरेकी थिइन् । दुवैले आजै शपथ लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस