• २०८३ बैशाख २९ गते मङ्गलवार

दुर्गा प्रसाईसँग तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ९, काठमाडौं । दुर्गा प्रसाईसँग उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले छलफल गरेका छन् । तिनै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले उनले गर्ने भनेका आन्दोलनका विषयमा छलफल भएको प्रसाईले जानकारी दिएका हुन् ।

प्रसाईले आफुले सरकारले औपचारिक पत्र पाएमा वार्तामा बस्न तयार रहेको बताएका छन् । प्रमुख जिल्ला अधिकारीहरुसँगको छलफलमा राजनीतिक मागका विषयमा सरकारसँग नै वार्ता गर्नुपर्ने आफुले राखेको उनले जानकारी दिएका छन् ।

यस अघि प्रसाईले ओली सरकारले नगरेको काम यो सरकारले गरेको भन्दै उनले सरकारले औपचारिक रुपमा वार्तामा बोलाएमा त्यसलाई स्वागत गर्ने बताएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस