• २०८३ बैशाख १४ गते सोमवार

ट्रम्पको उपस्थितिमा थाइल्याण्ड र कम्बोडियाबीच शान्ति सम्झौता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ९ , काठमाडौं । थाई प्रधानमन्त्री अनुटिन चार्नविराकुल र कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा संयुक्त शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।

मलेसियाको क्वालालम्पुरमा थाइल्याण्ड र कम्बोडियाबीच शान्ति सम्झौता भएको हो ।

बैठकको क्रममा ट्रम्पले जुलाईमा थाइल्याण्ड र कम्बोडिया बीचको द्वन्द्व पछि धेरै फोन कलहरू भएको बताए । साथै उनले आफुले दुविया देशबीचको द्वन्द्व रोकेको साबि समेत गरेका छन् । थाइल्याण्ड-कम्बोडिया युद्धविराम सम्झौता पछि, अमेरिकाले व्यापार सम्झौतामा हस्ताक्षर गर्न थाइल्याण्ड र कम्बोडियालाई कागजातहरू प्रस्तुत गरेको छ ।

ट्रम्पले सम्झौता दुबै देशहरूको लागि ठूलो सम्झौता भएको बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस