• २०८३ असार ३ गते बुधवार

रास्वपाको सचिवालय बैठक आज बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ९ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सचिवालयको बैठक आज बस्दैछ । प्रवक्ता मनिष झाका अनुसार कार्यवाहक सभापति डिपी अर्यालले आज बिहान ११ बजे बस्ने गरि सचिवालयको बैठक बोलाएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने बैठकमा समसामयिक राजनीति र आगामी कदम, पार्टीको विस्तारित बैठकको तयारी, मतदाता नामावली दर्ता अभियान र पार्टी गतिविधि समीक्षा र योजनाको विषयमा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस