• २०८३ बैशाख १८ गते शुक्रवार

ब्राइटनमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ९ , काठमाडौं । म्यानचेस्टर युनाइटेडले इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा ब्राइटनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा ब्रायन एम्बेउमाले २ गोल गरेका थिए भने माथेस चुन्हा र क्यासेमिरोले एक एक गोल गरेका थिए । त्यस्तै ब्राइटनका लागि डानी वेलब्याक र चारालाम्पोस कोसटोउलासले एक एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर युनाइटेडले ९ खेलमा १६ अंक हासिल गर्दै लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै ब्राइटनको ९ खेलमा १२ अंक रहेको छ र लिगमा १३औं स्थानमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस