• २०८३ जेष्ठ २० गते बुधवार

नेसपा नयाँ शक्तिको महाधिवेशन आयोजक समितिको संयोजक बनिन् दुर्गा सोब

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०, काठमाडौं । डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नेतृत्व छोडेपछि दुर्गा सोब संयोजक रहेको विशेष महाधिवेशन आयोजक समिति बनाइएको छ ।

बुधबार र बिहीबार काठमाडौँमा भएको केन्द्रीय समितिको विस्तारित बैठकले अध्यक्ष डा. बाबुराम भट्टराईको पद त्यागलाई स्वीकार गर्दै वरिष्ठ उपाध्यक्ष सोबलाई महाधिवेशन आयोजक समितिको संयोजक चयन गरेको हो ।

बैठकले महासचिव सोनाम सिं स्याङ्तानलाई महाधिवेशन आयोजक समितिको सदस्य सचिव चयन गरेको छ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले विशेष महाधिवेशन फागुनमा गर्ने बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस