• २०८३ असार १६ गते मङ्गलवार

सुन तोलाको ५२ सयले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ५२ सयले बढेर तोलाको २ लाख ४७ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८५ रुपैयाँले बढेर ३२०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ३११५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस