• २०८३ बैशाख २० गते आइतवार

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुरु (फोटो फिचर)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौं पूर्ण बैठक प्रज्ञा भवन कमलादीमा सुरू भएको छ ।

विहिबार शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनितिक एंव संगठनात्मक प्रस्ताव पेश गरेका छन् । काठमाडौंस्थित प्रज्ञा भवनमा भोलीसम्म चल्ने बैठकमा विशेष महाधिवेशन गर्ने बारेमा छलफल हुने बताइएको छ ।

जेनजी आन्दोलनमा माओवादी केन्द्रमा नेतृत्व परिवर्तनको माग जोडदाररुपमा उठिरहेका बेला शुरु भएको केन्द्रीय समितिले ठोस निर्णय गर्ने बताइएको छ ।

अध्यक्ष प्रचण्डले अहिलेको नेतृत्व परिवर्तन नगरी विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका छन् भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मालगायतले अहिले नै नेतृत्व परिवर्तन गर्नुपर्ने माग राखेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस