• २०८३ बैशाख ७ गते सोमवार

प्रधानमन्त्रीबाट तराई–मधेसको सुख्खा क्षेत्रको अवलोकन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ९, महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् । नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।

वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाईँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए । प्रधामन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस