• २०८३ बैशाख ८ गते मङ्गलवार

दैलेखकी लक्ष्मी नेपालीको अत्यधिक रक्तश्राव हुँदा ज्यान गयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ११, , दैलेख । दैलेखकी लक्ष्मी नेपालीको अत्यधिक रक्तश्राव हुँदा ज्यान गएको छ । काठमाण्डौको बानेश्वरमा रहेको नेपाल निजामती अस्पतालमा दैलेखको नारायण नगरपालिका–२ जाहारकोटकी ३३ वर्षीया नेपालीको उपचारकाक्रममा हिजो ज्यान गएको हो ।

हिजो बिहान बच्चा जन्माएकी लक्ष्मीलाई लगातार रगत बग्न थालेपछि तीन पोका रगत दिइएको थियो । तर बेलुका ज्यान गएको दैलेखी सेवा समाज काठमाण्डौका अध्यक्ष प्रताप शाहीले जानकारी दिनुभयो । लक्ष्मीका यसअघि दुई सन्तान छन् ।

हिजो जन्मिएको नवजात शिशुको अवस्था स्वस्थ रहेको शाहीले बताउनुभयो । उहाँका श्रीमान् दिपक स्वास्थ्य सेवा कार्यालय दैलेखका लेखा अधिकृत हुनुहुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस