• २०८३ जेष्ठ ३ गते आइतवार

प्रधानमन्त्री चैत १९ गते थाईल्याण्ड जाने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १२, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आज शिष्टाचार भेटबार्ता भएको छ ।

थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणा नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक थाइल्याण्ड भ्रमणको पूर्वसन्ध्यामा राजदूत सिरिसोर्नले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।

यही चैत २२ मा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैठौँ शिखर सम्मेलन तथा थाइल्याण्ड औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिमिमण्डल यही चैत चैत १९ गते बैँकक प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस